सोमबार, भदौ १५, २०८३

पुष्पलाल लोकमार्गमा १० आधुनिक सहर बन्दै

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्। 

विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताए।  

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाए। 

सुन्दर सहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी पनि दिए।  

प्रकाशित: Nov 01, 2020| 05:29 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।