सोमबार, भदौ १५, २०८३

जुवाको खालबाट पूर्व राज्यमन्त्रीसहित १० जना पक्राउ

प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको वृत प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । 

जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए । 

उनी हालसम्म तीन पटक राज्य मन्त्री भएका छन् । २०५२ सालमा शेरबहादुर देउवाको पालामा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा र २०६८ सालमा डा बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए । 

विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन् । 

प्रकाशित: Nov 01, 2020| 04:40 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।