धनगढी- बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको बुढीगंगा नगरपालिका ४, बेलकाट्यामा से १ ज ११८० नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय प्रिन्स मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही वडाका २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बालकको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ। जीप चालक र जिप प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ।