कार्तिक- नेकपाका कार्यकर्ताकाे कुटाकुटका क्रममा हत्या गरिएका मुकेश चौरसियाका हत्या आरोपितहरू अझै पक्राउ पर्न सकेका छैनन्।
घटनाको भोलिपल्ट चौरसियाको मृत्यु भएसँगै अस्पतालबाटै फरार भएका विन्दावसिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारी र चिन्टु तिवारी अझै पक्राउ पर्न सकेका छैनन्।
घटनाा घाइते भएका यी दुवैले मुकेश चौरसियामाथि पालैपालो लाठी प्रहार गरेकाले दाइ ढलेको मुकेशका भाइ महेश चौरसियाको दाबी छ।
दुबैजना विपक्षी पक्षका हुन्। प्रहरीले नै सेटिङ मिलाएर दुबैलाई भगाएको महेशको आरोप छ।
यता घटनामा पक्ष र विपक्षबारे बुझ्नै समय लागेको र पीडित भनिएकाबाट समयमै जानकारी आउन नसकेकाले आरोपितहरूले प्रहरीलाई नै झुक्याएर भागेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरको दाबी छ।
घाइते भएका उत्तम र चिन्टु तिवारी नेसनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आईसीयूमा सर्ने बेला प्रहरीलाई झुक्याएर भागेका हुन्।
हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद् राजकुमार गुप्तासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १२ जना नेता कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत किटानी जाहेरी परेपछि ३ जना बाहेकका बाँकी फरार छन्।
तर प्रहरीले भने जाहेरीका आधारमा घटनामा संलग्न भएकाहरूलाई पक्राउ गरिछाड्ने दाबी गरेको छ।