सोमबार, भदौ १५, २०८३

सिरहामा छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु

कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

सिरहा- सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । 

कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा गत मंगलबार बेलुका राम अवतारले घाँटी थिचेर आमालाई गम्भीर घाइते बनाएका थिए ।

आमा सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

उपचारकै क्रममा उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए । 

प्रहरीले कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ । 

स्थानीयले भने आफ्नै आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताएका छन् ।

प्रकाशित: Nov 01, 2020| 01:58 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।