भैरहवा- पाल्पाको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटनामा परेकालाई प्रहरीले उद्धार गरेको छ।
तानसेनबाट बुटवलतर्फ गुडिरहेको मोटरसाइकल शनिबार साँझ सिद्धबाबा नजिकै तिनाउमा खस्दा त्यसमा यात्रारत दुई जना भीरमा अड्किएका थिए।
पाल्पा ट्राफिक कार्यालय प्रमुख पृथ्वी काफ्लेका अनुसार लु ९ प ७१५६ मोटरसाइकलका चालक बगनासकाली-४ खानीछापका रुकबहादुर हिस्की र पछाडि बसेका तिनाउ ६ मस्याम दानबहादुर लम्तरी भीरमा खसेका थिए।
प्रहरीले दुवैजनालाई भीरमा अड्किएको अवस्थामा उद्धार गरेको हो। मोटरसाइकल भने तिनाउमै पुगेको छ।
हिस्कीको ढाडमा र लम्तरीको टाउकोमा चोट लागेकाले उपचारका लागि स्वास्थ्य केन्द्रतर्फ लगिएको छ।