धनगढी- कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
२५ ग्राम ४ सय मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित धनगढी उप–महानगरपालिका–१०, घुईयाघाटका २५ वर्षीय रामनिवास राना पक्राउ परेको प्रहरीले जनाएको छ।
लागुऔषधको कारोवार तथा ओसारपसार भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिँरहेका रानालाई खानतलास गर्दा लागुऔषधसहित फेला परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
रानालाई पक्राउ गरी लागुऔषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको बिष्टले बताए।