काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन्।
पछिल्लो पटक गरिएको उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेल गत कार्तिक ६ गतेको परीक्षणमा पोजिटिभ आएर उपचारार्थ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा उपचाररत थिए।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका हुन्।