विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ।
परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुष गरि २२२ जनामा संक्रमण देखिएको छ। मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन्।
मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ।
प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन्। होटल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्यूरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ।