सोमबार, भदौ १५, २०८३

राजतन्त्र फर्काउन ‘महाअभियान’

मुलुकमा राजतन्त्र फर्काउनका लागि राष्ट्रवादी नागरिक समाजले महाअभियानको शुरुवात गरेको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

जनकपुरधाम- मुलुकमा राजतन्त्र फर्काउनका लागि राष्ट्रवादी नागरिक समाजले महाअभियानको शुरुवात गरेको छ।

राष्ट्रवादी नागरिक समाजले राजधानी काठमाडौँबाट शुरु गरेको महाअभियान अन्तर्गत जनकपुरधाममा समेत र्‍याली निकालेको छ।

समाजले शनिबार जनकपुरधाममा निकालेको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्व राजाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी भएका थिए।

र्‍यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर लगायतका नाराहरु लगाएका थिए।

राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले यो सबको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताए।

उनले दलहरु देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो रहेको महशुस भइरहेको बताए।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभर यो महाअभियान जारी राख्ने बताइन्। उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दाबीसमेत गरिन्। समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउन सक्ने उनको भनाइ थियो। 

प्रकाशित: Oct 31, 2020| 11:10 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।