सोमबार, भदौ १५, २०८३

ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति

‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने कुराकानी भएको छ,’
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं–  सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्।

‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने कुराकानी भएको छ,’ स्रोतले भन्यो,‘यसमा दुवै अध्यक्ष सकारात्मक देखिएका छन्।’

तर, सचिवालयको बैठक कहिले बोलाउने भन्ने विषयमा भने कुनै सहमति भएको छैन।

११ दिनपछि ओली र दाहालबीच शनिबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो। पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका विषयमा आजको भेटमा छलफल भएको बताइएको छ।

कर्णाली प्रदेशमा देखिएको विवाद, रअका प्रमुखको भ्रमणको विषय र पर्सामा कार्यकर्ता हत्या भएको विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको स्रोतले बतायो।

४ कात्तिकमा बालुवाटारमा केहीबेर भेटवार्ता गरेका ओली र दाहालबीच त्यसयता संवाद हुन सकेको थिएन्। पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा दुईअध्यक्षबीच सहमति जुट्न नसकेपछि विवाद चुलिएको थियो।

मुख्यतः कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच मतभेत देखिएको थियो। त्यसलगत्तै प्रधानमन्त्री ओलीले दाहालसँग सहमति नगरेरै मन्त्रिपरिषद्को पुनर्गठन गरेपछि झनै असन्तुष्टि बढाएको थियो।

यही विषयमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलले काठमाडौं आएर प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि त्यस विषयले पनि पार्टीभित्र विवाद बढाएको छ।

आज ओलीसँग छलफल गर्नुअघि अध्यक्ष दाहालले खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।

 

प्रकाशित: Oct 31, 2020| 10:26 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।