सोमबार, भदौ १५, २०८३

बाँके र प्युठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बाँके र प्युठानमा गरी दुई जनाका कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

बाँके- बाँके र प्युठानमा गरी दुई जनाका कोरोना संक्रमितको मृत्यु भएको छ।

बाँकेमा मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको आज बिहान मृत्यु भएको हो। 

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ। अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका –३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिए।

निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो।

रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पारेखरेलले बताए। योसँगै प्युठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। रासस

प्रकाशित: Oct 31, 2020| 09:49 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।