सोमबार, भदौ १५, २०८३

११ दिनपछि ओली र दाहालबीच बालुवाटारमा छलफल

मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश प्रकरण लगायतका विषय पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेपछि पार्टीभित्र विवाद बढेको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

११ दिनको रस्साकसीपछि दाहाल  ओलीसँग भेट्न राजी भएर बालुवाटार पुगेका हुन्।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दिउँसो सवा १ बजेदेखि दुईअध्यक्षबीच छलफल भइरहेको जानकारी दिए।

छलफलमा पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा छलफल हुने बताइएको छ।

दाहालले प्रधानमन्त्री ओलीलाई भेट्नु अघि पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नो निवास खुमलटारमा छलफल गरेका थिए।

ओलीको कार्यशैलीबाट असन्तुष्ट दाहालसँगै अन्य नेताहरुले सचिवालय बैठक बोलाउन माग गरेका छन्। सम्भवत: आजको भेटमा दुई अध्यक्षबीच सचिवालयको बैठक बोलाउने विषयमा पनि सहमति हुनसक्ने छ।

नेकपाभित्र कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि भन्दै ओली र दाहालबीच विभिन्न चरणमा छलफल भएको थियो। तर, सहमति नभएपछि दुबै अध्यक्षले पार्टीको कर्णाली कमिटीलाई छुट्टा छुट्टै निर्देशन दिएपछि विवाद बढेको हो।

त्यस्तै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति लगायतका विषय पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेपछि पार्टीभित्र विवाद बढेको छ।

ओली र दाहालबीच ४ कात्तिक यता भेटवार्ता हुन सकेको थिएन्। दुईअध्यक्षबीच संवाद टुटेपछि ओली पक्षीय नेताहरु सुवास नेम्बांग,  लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल, महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुले खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए।

 

 

प्रकाशित: Oct 31, 2020| 08:18 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।