सोमबार, भदौ १५, २०८३

मोरङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु 

कोरोना संक्रमणका कारण मोरङगमा थप ६ जनाको मृत्यु भएको छ। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

विराटनगर- कोरोना संक्रमणका कारण मोरङगमा थप ६ जनाको मृत्यु भएको छ। 

नोबेल मेडिकल कलेज विराटनगरमा ४, विराट मेडिकल कलेज बुढीगंगामा एक र म्याक्स अस्पताल विराटनगरमा एकजनाको मृत्यु भएको हो। 

नोवेल मेडिकल कलेजमा उर्लाबारी की  ६६ वर्षीया महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय पुरुष, सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समै मृत्यु भएको छ।

कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको दाहालले जानकारी दिए। उनका अनुसार अन्य ३ जनको शनिबार विहान मृत्यु भएको हो।

विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान मृत्यु भएको छ। उनी कार्तिक ६ गते भर्ना भएको आईसोलेसन इन्चार्ज सुनिल देवले बताए।  

म्याक्स हस्पिटल विराटनगरमा शनिबार विहान उदयपुरककी महिलाको मृत्युु भएको छ। शुक्रबार साँझ अस्पताल भर्ना भएकी ४२ बर्षीया महिलाको शनिबार विहान मृत्युु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए।

प्रकाशित: Oct 31, 2020| 06:34 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।