दमक- कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका ६ का एक वृद्धको मृत्यु भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।
गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको उनको आज बिहान सात बजे मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए। मृतक मुटुरोगी थिए।
गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो। यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।