सोमबार, भदौ १५, २०८३

 जानकी मन्दिरमा पठाइयो १०८ पाहुर

कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा १०८ वटा पाहुर (भार) आएको छ। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

जनकपुरधाम- कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा १०८ वटा पाहुर (भार) आएको छ। 

प्रत्येक वर्ष झै यस वर्ष पनि महोत्तरीको रतौलीबाट जानकी मन्दिरमा पाहुर आएको हो। रतौलीका स्वर्गीय ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर पठाइने गरिन्छ। 

पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चामल, दाल, तरकारीसहित भगवान रामजानकीको लुगा समेत रहेको हुन्छ।

स्वर्गीय ब्रह्मदेव ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढंगले काँधमा पाहुर बोकेर स्थानीयवासीले जानकी मन्दिरमा ल्याउने गर्छन्। 

स्व ठाकुर परिवारका नविन ठाकुरले वर्षौदेखिको परम्परालाई  निरन्तरता दिँदै आएको बताए। यो परम्परा ११८ वर्षदेखि चल्दै आएको छ। 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ।

प्रकाशित: Oct 31, 2020| 05:47 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।