सोमबार, भदौ १५, २०८३

डोटीको अस्पतालमा आईसियु र भेन्टिलेटर जडान हुँदै

डोटी जिल्ला अस्पतालमा पहिलोपटक आईसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

डोटी- डोटी जिल्ला अस्पतालमा पहिलोपटक आईसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ। 

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आईसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो।

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आईसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यता थियो।  

प्रदेश सरकारले जिल्लामै उपचार गराउन आईसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।

जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य सुरु हुनेछन्। प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरसको परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो। 
 

प्रकाशित: Oct 31, 2020| 05:20 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।