सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होम आइसोलेसनमै दुई जनाको मृत्यु, नेपालगञ्जमा एक संक्रमितको निधन

होम आइसोलेसनमै दुई जनाको मृत्यु, नेपालगञ्जमा एक संक्रमितको निधन

नवलपरासीमा दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं- नवलपरासीमा दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ।

कोरोना संक्रमणपछि होम आइसोलेनमा बसेका पूर्व कावासोती नगरपालिका ६ का ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ का ७७ वर्षीया महिलाको होम आइसोलेसनमा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। 

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने कार्यालयका प्रमुख केशव चापागाईंले बताएका छन्।  

यस्तै नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो।

घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन्। 

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका उनलाई १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।  
 

प्रकाशित: Oct 31, 2020| 04:34 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।