सोमबार, भदौ १५, २०८३

दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ

कैलालीमा दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन्।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

 
धनगढी– कैलालीमा दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका १, स्याउले बजारबाट दुई लाख ५१ हजार ४ सय नगदसहित २९ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

स्थानीय यज्ञबहादुर बिष्टको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। 

छापा मार्दा दुई लाख ५१ ह्जार ४ सय रुपैयाँ नगदसहित २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

पक्राउ पर्नेमा पदमबहादुर साउँद, बिरराम डगौरा, चक्रबहादुर बिष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, बिनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी, बरातीलाल डगौरा, रामबहादुर साउँद, जंजिर चौधरी, संजय चौधरी, अर्जुन चौधरी, ठग्गुप्रसाद डगौरा, तारा हमाल, यज्ञबहादुर बिष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, बिमलकुमार चौधरी, सुदन साउन, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भिमबहादुर बम र बिनायक चौधरी रहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Oct 31, 2020| 04:17 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।