धनगढी- सुदूरपश्चिम प्रदेशबाट पछिल्लो २४ घण्टामा बिभिन्न जिल्लाबाट चार सय जना कोरोना संक्रमणमुक्त भएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीबाट ३३१, डोटीबाट ४४, सेती प्रादेशिक अस्पतालबाट १७, बझाङबाट १० जना र कञ्चनपुरबाट ८ जना डिस्चार्ज भएका छन्। योसंगै प्रदेशमबाट हाल सम्म ८ हजार १८ जना डिस्चार्ज भएका छन्।
प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३१२ रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा ५४५, डोटीमा ११३, कञ्चनपुरमा ६९, बझाङमा १६७, अछाममा ८४, बैतडीमा ३४, डडेल्धुरामा ८७, दार्चुलामा १८८ जना, बाजुरामा ६ र प्रदेश बाहिरका १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।
प्रदेशमा हालसम्म संक्रमितको संख्या ९ हजार ३५३ पुगेको छ। प्रदेशमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ।