सोमबार, भदौ १५, २०८३

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल छैन

धान काटेर गहुँ छर्ने बेलामा सुरु भएको धेरै हुँदा पनि सुदूरपश्चिम प्रदेशका किसानले युरिया मल पाउन सकेका छैनन्। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

डोटी- धान काटेर गहुँ छर्ने बेलामा सुरु भएको धेरै हुँदा पनि सुदूरपश्चिम प्रदेशका किसानले युरिया मल पाउन सकेका छैनन्। 

मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन्।

दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताए।  

स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको जनाए। उनले आफूकहाँ मल खोज्न दिनकै किसान आए पनि रित्तै फर्कने गरेको बताए। 

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकारे। 

प्रदेशमा कूल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भएपनि आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको उनले जनाए।   

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले ती कुनै पनि जिल्लामा मल पुगेको जानकारी नआएको बताए। 
 
डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको गुनासो छ। 

कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ।

जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ। अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ। 

प्रकाशित: Oct 31, 2020| 00:50 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।