विराटनगर- झापाका २ जना कोरोना संक्रमितको शुक्रबार विराटनगरमा मृत्यु भएको छ।
नोबेल अस्पताल विराटनगरमा उपचाररत गौरादह नगरपालिका १ सीतापुरीका ८६ वर्षीय पुरुषको दिउँसो र शिवसताक्षीका ५० वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए।
गौरादहका पुरुषलाई बुधबार निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।
शिवसताक्षीका ५० वर्र्षीय पुरुषमा पनि निमोनिया देखिएपछि कात्तिक १२ गते नोबेल अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए। उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो।