सोमबार, भदौ १५, २०८३

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

बुटवल- बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा यही कार्तिक १ गते कोरोना संक्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाइएको छ।

कार्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो।

कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार हुँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ।

उनलाई यसअघि नै ज्वरो, निमोनिया, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास समस्या रहेको अस्पतालले जनाएको छ। रासस

प्रकाशित: Oct 30, 2020| 10:15 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।