सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘देहरादुनबाट यातनापीडित बालबालिका फर्काउने प्रक्रिया सुरु’

‘देहरादुनबाट यातनापीडित बालबालिका फर्काउने प्रक्रिया सुरु’

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले  देहरादुनस्थित गुम्बामा यातना भोगेका बालबालिकालाई त्यहाँबाट स्वदेश फर्काउन प्रक्रिया सुरु भएको जनाएका छन्। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले  देहरादुनस्थित गुम्बामा यातना भोगेका बालबालिकालाई त्यहाँबाट स्वदेश फर्काउन प्रक्रिया सुरु भएको जनाएका छन्। 

उनले कुटपिट गर्ने अध्यापकलाई कारबाहीका लागि र फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउन प्रक्रिया सुरु भएको जनाएका हुन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘यसका लागि आधिकारिक एवं सहयोगी संस्था र व्यक्तिहरूको सक्रियतामा आवश्यक कदम चालिएका छन्।’

केही अभिभावकसँग कुराकानी भएकाले चाँडै समस्या समाधान हुने उनको भनाइ छ। 

देहरादुनस्थित एउटा बौद्ध गुम्बाको आश्रममा ५९ नेपाली बालबालिकामाथि त्यहाँका प्राध्यापकले केही दिनअघि निर्मम यातना दिएको समाचार सार्वजनिक भएको थियो।

ती बालबालिकालाई नेपालका विभिन्न जिल्लाबाट त्यहाँ पुर्‍याइएको थियो। बालबालिकाको उद्धारका लागि सरकारमाथि चर्को दबाब परेपछि उद्धारका लागि दूतावास सक्रिय भएको हो।

प्रकाशित: Oct 30, 2020| 08:55 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।