पोखरा– गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ।
प्रदेशमा आज थप दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय पुरुष छन्।
उनको होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
ती व्यक्तिमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। निधन हुनेमा अर्का व्यक्ति स्याङ्जा, वालिङ–५ का ७० वर्षीय पुरुष छन् ।
उनको पनि आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ।