सोमबार, भदौ १५, २०८३

चितवनमा कोरोना संक्रमणबाट दुई वृद्धको  मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक जना चितवनका र अर्का रुपन्देहीका  छन्।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

भरतपुर– चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक जना चितवनका र अर्का रुपन्देहीका  छन्।

अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना वृद्ध छन्। उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए। उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो। 

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा शुक्रबार बिहान ६ः५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए। 

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको  कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११ः४७ बजे मृत्यु भएको डा. अधिकारीले बताए। उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो। रासस

प्रकाशित: Oct 30, 2020| 07:49 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।