सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय समितिअघि सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

केन्द्रीय समितिअघि सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतका अनुसार १७ कात्तिकमा बैठक बोलाइएको छ। ‘केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुबीच बैठक हुन लागेको हो,’ उनले भने।

केन्द्रीय कार्यसमितिको बैठक २१ कात्तिक दिउँसो १ बजे बस्दैछ। यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो।

महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ। 

सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पनि एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको, क्रियाशील सदस्यता वितरणलगायत विषयमा पौडेल पक्षले विरोध जनाउँदै आइरहेको छ। १२ असोजमा केन्द्रीय पार्टी कार्यालयमा पौडेल समूहले सभापति देउवालाई विरोधपत्र समेत बुझाएको थियो। 

शीर्ष नेताहरुको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्ने बताइएको छ। केन्द्रीय समितिको बैठक अगावै आफूहरुले अघि सारेका विषयहरु समाधान हुनुपर्ने पौडेल पक्षको माग छ। 

प्रकाशित: Oct 30, 2020| 06:49 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।