भैरहवा- इश्लाम धर्मगुरु मोहम्मद पैगम्बरको जन्मदिनको अवसर पारेर भैरहवामा र्याली निकालिएको छ।
इश्लाम धर्मका अन्तिम गुरु पैगम्बरको जन्म भएको दिनको अवसर पारेर जन्मदिन मनाइएको हो।
भैरहवामा निकालिएको र्याली भैरहवाको बुद्ध चोक, नयाँ सडक, देवकोटा चोक, बैंकरोड, प्रहरी टोललगायत क्षेत्रमा पुगेको थियो।
इश्लाम धर्मका अन्तिम सन्देस्टा (पैगम्बर) हजरत मोहम्मद मुस्तफाको १४९५ औं जन्मदिन मनाइएको हो।