सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापा भन्छन्, ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो’

कमल थापा भन्छन्, ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले शुक्रबार ट्विट गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप यस्तो खतरा बढेको बताएका हुन्।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले शुक्रबार ट्विट गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप यस्तो खतरा बढेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेको विषय विवादित बनेका बेला उनले थापाको यस्तो धारणा आएको छ।

‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ उनले भनेका छन्, ‘तर, सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।’

थापाले देशको स्वतन्त्रता र अस्तित्ववारे समयमै सचेत बन्नुपर्ने धारणा पनि राखेका छन्।
 

प्रकाशित: Oct 30, 2020| 05:48 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।