सोमबार, भदौ १५, २०८३

विप्लव समूहका कञ्चनपुर पार्टी कार्यालय सचिव पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले विप्लव समूहले गरेका विभिन्न घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैतडी कटौजपानी गाउँपालिका २ सिल्लेगाढा घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्ने २७ वर्षीय शंकरसिंह महरा छन्।

विभिन्न घटनामा संलग्न रही फरार रहेका उनलाई हाल चन्दा असुली गरेको भन्ने उजुरीपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका महराले कृष्णपुर नगरपालिका ५ स्थित महाकाली गौरव बिल्डर्स प्रालिको क्रसर उद्योगको से १ क ८५७ नम्बरको भेकुलोडरमा आगजनी गरेको, राजेन्द्र–मालिका–सिद्दनाथ जेभीको म १ क ९५ नम्बरको जेसिभी मेशिन र निर्माणस्थल क्याम्पमा आगजनी गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै शुक्लाफाँटा नगरपालिका४ सिकलपट्टी स्थित एनसेल टावर परिसरमा रहेको ताला फुटाई टावर सञ्चालनको लागि प्रयोग हुने सामाग्रीमा आगो लगाउने कार्यमा पनि उनको संलग्नता भेटिएको प्रहरीको भनाइ छ। 

उनलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 30, 2020| 05:34 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।