सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेटाएको करिब एक लाख नगदसहित गहना सम्बन्धितलाई बुझाइयो 

भेटाएको करिब एक लाख नगदसहित गहना सम्बन्धितलाई बुझाइयो 

समाजमा अझै सत्य, निष्ठा र इमानदारिता कायमै भन्ने कुरा टिकापुरको एक घटनाले देखाएको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

धनगढी– समाजमा अझै सत्य, निष्ठा र इमानदारिता कायमै भन्ने कुरा टिकापुरको एक घटनाले देखाएको छ। 

बेवारिस अवस्थामा भेटिएको करिब एक लाख नगद सहित मोबाईल र गहना सम्बन्धितलाई बुझाइएको छ।  
 
नगदसहित मोबाईल र गहना टीकापुर नगरपालिका १ ब्लक नं १९ का मञ्जु कुँवरलाई बुझाईएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बलमे बताए।

सो ब्यागभित्र ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड थियो।

बिहीबार दिउँसो साढे ४ बजेको समयमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले टीकापुर–लम्की सडक खण्ड अन्तर्गत सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए।

प्रकाशित: Oct 30, 2020| 04:41 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।