धनगढी- कैलालीमा कुटपिट गरी युवकको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका ५ मा केही युवाको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको हो।
कुटपिटबाट गम्भीर घाईते तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
तिमल्सिनामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए। अनुसन्धानका लागि स्थानीय मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको न्यौपानेले बताए।