सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष जोशी पक्राउ

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष जोशी पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

धनगढी– भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उप–महानगरपालिका १२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जोशीले ०७५ फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 

जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन्।
 

प्रकाशित: Oct 30, 2020| 03:48 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।