सोमबार, भदौ १५, २०८३

पत्रकार चौलागाइको निधन 

काभ्रेबाट प्रकाशित हुँदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक कृष्णपैसाद चौलागाइको गएराति निधन भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएका उनको रिपोर्ट नेगेटिभ आएको थियो। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं- काभ्रेबाट प्रकाशित हुँदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक विष्णुप्रसाद चौलागाइको गएराति निधन भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएका उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

काठमाडौंको ओम अस्पतालमा उपचार चौलागाइलाई कोरोना उपचारपछि नेगेटिभ रिपोर्ट आए पनि उनको निधन भएको हो।

निमोनियाका बिरामी समेत रहेका चौलागाइको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकहरुले बताएका छन्। 

उनको शुक्रबार नै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको परिवारजनले जनाएका छन्।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्। झण्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशिल चौलागाइले दुई दशकभन्दा बढी समयदेखि काभ्रेपोष्ट प्रकाशन गर्दै आएका थिए।  

नेपाल प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत रहेका चौलागाई हाल पत्रकार महासंघको जिल्ला कार्यमितिको सदस्य थिए। उनको निधनप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतले गहिरो दुःख व्यक्त गरेका छन्।  

प्रकाशित: Oct 30, 2020| 02:44 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।