सोमबार, भदौ १५, २०८३

मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भए पनि ओझेलमा परेको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

म्याग्दी- मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भए पनि ओझेलमा परेको छ। 

म्याग्दीको रघुगङ्गा गाउँपालिका ६ मा पर्ने कोटगाउँ  शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो। यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ।

कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ। चार सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताए।

उनका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले। सेवा जेठा र सुन्दर कान्छा थिए। शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए। 

त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाह गर्न निकै कठिन पर्दथ्यो। उनीहरुका कुटुम्बी कोही नहुँदा विवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरपुंजाले जानकारी दिए। 

सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले। सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाह र सोलीडोली चल्न थाल्यो। त्यसपछि शेरपुंजा र पाइजाका बीचमा विवाह हुने चलन सुरु भयो। 

दुवै थरको सन्तान झ्याङ्गिदै गए। वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एक भाइको थर परिवर्तन गरेर  विवाह गर्ने चलन सुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरले बताए।

यसरी सुरु भएको शेरपुंजा र पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ। अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास गर्छन्। तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ र दलितका आठ घरपरिवार मात्र कोटगाउँमा बस्दै आएका छन्।

प्रकाशित: Oct 30, 2020| 02:28 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।