विराटनगर– विराटनगरमा बिहीबार कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीका एक–एक जनाको मृत्यु भएको हो।
विराटनगर–३ का ६५ वर्षीय पुरुषको बिहीबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ। असोज २९ गते कोरोना पोजेटिभ देखिएपछि कात्तिक ३ गते अस्पताल भर्ना भएका थिए।
झापाको कन्काई नगरपालिका–३ का ६६ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिहीबार बिहान मृत्यु भएको अस्पताल संयोजक ज्ञानबहादुर बस्नेतले बताए।
यस्तै धरान उपमहानगरपालिका–१२ की ७५ वर्षीया महिलाको विराट नर्सिङहोममा मृत्यु भएको छ।
उनी कात्तिक ५ मा अस्पताल भर्ना भएकी थिइन्। महिलामा कात्तिक ९ गते कोरोना संक्रमण देखिएको थियो ।
विराटनगर महानगरपालिका–७ की ४५ वर्षीय महिलाको बुधबार राति न्युरो अस्पतालमा मृत्यु भएको छ। कात्तिक ६ गते कोरोना पोजेटिभ देखिएका उनी ७ गते अस्पताल भर्ना भएको न्युरो अस्पतालले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ।