सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैदीबन्दीलाई सुधार्न कारागारभित्रै खेलकुद र मनोरञ्जन

कैदीबन्दीलाई सुधार्न कारागारभित्रै खेलकुद र मनोरञ्जन

कैदीबन्दीलाई सुधार्न संखुवासभा कारागार व्यवस्थापनले कारागारभित्रै विभिन्न खेदकुद, अध्ययन र सीपमूलक कार्यक्रम सञ्चालन गरेको हो 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

विराटनगर-  कोही ढाका बुन्न र कतिपय मुडा बुन्न व्यस्त छन्। कोही कारागारभित्र पुस्तकालयमा पत्रपत्रिका र पुस्तक पढ्दै गरेका भेटिन्छन् भने कोही भने संगीतमा रमाइरहेका छन्।

कैदीबन्दीलाई सुधार्न संखुवासभा कारागार व्यवस्थापनले कारागारभित्रै विभिन्न खेदकुद, अध्ययन र सीपमूलक कार्यक्रम सञ्चालन गरेको हो  कारागारमा विभिन्न मुद्दाका एक सय २५ जना कैदीबन्दी र थुनुवा छन्।   

संखुवासभाका जेलर विनोद अधिकारी कारागारलाई सुधार गृहका रूपमा परिवर्तन गर्न कैदीबन्दीका लागि संगीत कक्ष, भलिबल तथा ब्याडमिन्टन र टेबलटेनिस जस्ता खेलसमेत खेल्ने व्यवस्था मिलाइएको बताउँछन्। 

चौकीदार जिल्ला कारागारका चौकीदार पर्शुराम राईले कारागार प्रशासनले उनीहरुका लागि दैनिक ५ सय लिटर शुद्ध पानी आउने विशेष फिल्टरको व्यवस्थापन गरेको बताए।

उनका अनुसार कोरोना महामारीका कारण नयाा आएका कैदीबन्दीलाई १५ दिनसम्म छुट्टै राख्न आइसोलेसनको पनि व्यवस्था गरिएको छ। 

विभिन्न सीपमूलक काम गर्न प्रेरित गर्दा उनीहरू मनग्ये आम्दानी गर्न सफल भएका छन्।

अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिक्न पाउँदा कैद भुक्तान गरिसकेपछि समाजमा पुनस्र्थापत हुन सहयोग पुग्ने कैदीबन्दीको विश्वास छ।

प्रकाशित: Oct 29, 2020| 14:35 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।