सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालहरूको चर्को शुल्क नियन्त्रण गर्न विराटनगर कांग्रेसको माग 

अस्पतालहरूको चर्को शुल्क नियन्त्रण गर्न विराटनगर कांग्रेसको माग 

विराटनगरका निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचारको नाममा मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

विराटनगर- विराटनगरका निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचारको नाममा मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। 

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी महानगर समितिले कोरोनाको उपचारका नाममा  निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क सरकारले नियन्त्रण नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

महानगर समितिका कार्यबाहक सभापति अरुण न्यौपानेले पहिलो चरणमा निजी अस्पतालले कोरोनाको उपचारका नाममा मनोमानी रुपमा लिइरहेको चर्को शुल्क घटाउन, उपचार गर्न जाँदा पहिलै धरौटी राख्नुपर्ने व्यवस्था हटाउन र कोरोना उपचार गर्ने अस्पतालको अनुगमन गर्न नगरसमितिले माग राखेको बताए।

आफूहरूले राखेको माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने उनले बताए। 

यसैबीच कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाउनु परेका घटना बढेपछि संघीय सांसद राजेन्द्रप्रसाद लिङ््देनले झापाका अस्पतालहरुको स्थलगत अनुगमन शुरु गरेका छन्।

लिङदेनले बिहीबार मेची प्रादेशिक अस्पताल भद्रपुर, ओम साई पाथीभरा हस्पिटल भद्रपुर, बिएण्डसी हस्पिटल बिर्तामोड र मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको अनुगमन गर्दै बिरामी अवस्थाको बारेमा अस्पताल प्रशासन पक्षसँग जानकारी लिएका छन्। 

कोरोना कहरबीच सामान्य र दीर्घरोगका बिरामीहरूले समेत उपचार नपाई ज्यान गुमाउनुपर्ने अवस्था आएपछि अनुगमन सुरु गरेको लिङ्देनले बताए।

प्रकाशित: Oct 29, 2020| 13:40 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।