सोमबार, भदौ १५, २०८३

बारामा प्रहरीविरुद्ध जसपाको प्रदर्शन

बारामा प्रहरीविरुद्ध जनता समाजवादी पार्टीले कलैयामा प्रदर्शन गरेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

बारा- जनता समाजवादी पार्टीले बाराकाे कलैयामा प्रहरीविरुद्ध प्रदर्शन गरेको छ।

बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताहरुले बुधबार राति भारतीय बजारबाट ल्याउँदै गरेको आलु, प्याज प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको झडपमा घाइते भएका स्थानीयहरुको विषयलाई लिएर समाजवादीले प्रदर्शन गरेको हो।

सुवर्ण गाउँपालिका कवही गोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय कबीही गोठअगाडि बुधबार राति प्रहरी र स्थानीयबीच आलु प्याज ल्याउन नपाइने विषयमा झडप हुँदा एक बालक सहित २ जनालाई गोली लागेर घाइते भएका थिए।

घाइते हुनेमा सोही गाउँपालिका वडा नम्बर २ का रन्जन यादवको टाउकोमा गोली लागेको छ। स्थानीय एसआर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि वीरगंजको नारायणी बयोधा अस्पतालमा पठाइएको छ।

भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोजेका थिए।

त्यसक्रममा झडप भएको र झडपले उग्र रुप लिएपछि बारा प्रहरीले दर्जनबढी हवाई फायर गरेको थियो। सोही विषयलाई लिएर जसपाले प्रहरीविरुद्ध कलैयाको भरत चोक हुदै नगरपरिक्रमा गर्दै प्रदर्शन गरेको हो। 

प्रकाशित: Oct 29, 2020| 12:37 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।