सोमबार, भदौ १५, २०८३

औषधि पसलेको शव डेरामै सडेको अवस्थामा भेटियो

पर्वतको डिमुवामा औषधि पसल गर्ने ३० वर्षे चेतन भन्ने चन्द्रबहादुर खत्री बिहीबार बिहान मृतावस्थामा भेटिएका छन्।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

पोखरा- पर्वतको डिमुवामा औषधि पसल गर्ने ३० वर्षे चेतन भन्ने चन्द्रबहादुर खत्री बिहीबार बिहान मृतावस्थामा भेटिएका छन्।

डिमुवामा चेतन मेडिकल हल सञ्चालन गर्दै आएका उनी सुर्खेतको चौकुने गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनको शव आफ्नै डेरामा सडेको अवस्थामा फेला परेको हो। लामो समयदेखि ढोका नखुलेको पाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनको के कारणले कहिले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। 

प्रकाशित: Oct 29, 2020| 11:44 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।