सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • र्‍यापर भिटेन फेरि विवादमा, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

र्‍यापर भिटेन फेरि विवादमा, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– युट्युब च्यानल मार्फत नयाँ गीत सार्बजनिक गरेका र्‍यापर भिटेन अर्थात समीर घिसिङ फेरि विवादमा परेका छन्।

भिटेनले आफ्नो युट्युब च्यानल मार्फत् पाँच दिनअघि सार्वजनिक गरेको भिडियोमा आपत्तिजनक शब्द प्रयोगको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।

साइबर ब्यूरालाई कारवाहीका लागि आज पत्र पठाएर जानकारी गराइएको छ,’ कडायतले भने, थप अनुसन्धान ब्यूरोले नै गर्छ।’

साइबर ब्यूरोले पनि भिडियोका बारेमा अनुसन्धान शुरू भइसकेको जनाएको छ।

भिटेनले ‘पारा’ शीर्षकमा नयाँ गित सार्वजनिक गरेका थिए।

पाँच दिनमा ११ लाख पटक हेरिएको उक्त भिडियो गीत नेपालमा युट्युब टेन्ड्रिङको पहिलो नम्बरमा छ।

‘गितका शब्द अपाच्य र आपत्तिजनक छन्। त्यसमा प्रहरीलाई पनि गाली गरेको देखिन्छ,’ उनले भने।

यसअघि पनि विवादित गीतकै कारण  भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।

त्यसबेला उनले सार्वजनिक गरेको भिडियो हटाउन लगाएर अबदेखि विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए।

अपडेट: अहिले उक्त गीत युट्युबबाट हटाइएकाे छ।

प्रकाशित: Oct 29, 2020| 11:05 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।