सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध मुद्दा दायर

मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध मुद्दा दायर

पर्सामा नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या घटनामा प्रहरीले १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

जनकपुरधाम- पर्सामा नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या घटनामा प्रहरीले १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ।

पर्साको विन्दवासीनी गाउँपालिकामा नेकपाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएको घटनामा प्रहरीले पूर्व सांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको हो।

मृतकका परिवारले दिएको किटानी जाहेरी प्रहरीले सात दिनपछि आज मात्रै दर्ता गरेको हो। जाहेरीमा पूर्व सांसद गुप्तासहित १२ जनामाथि घटनामा संलग्न रहेको आरोप लगाइएको छ। 

प्रहरीले सिधा जाहेरी लिन अस्वीकार गरेपछि गत सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना हुँदै आएको थियो।

प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी लिएको नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहवर अन्सारीले जानकारी दिए।  

चौरसियाको मृत्यु भएको एक साता भइसके पनि प्रहरीले जाहेरी नलिएको भन्दै मृतकका परिवारले उनको शव बुझेका थिएनन्।

जाहेरी दर्ता भएपछि चौरसियाको शव बुझ्ने तयारी भएको र भोलि बिहान पोष्टमार्टम गर्ने तयारी भएको अध्यक्ष अन्सारीले जानकारी दिए। 

पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव अहिले वीरगंजकै नारायणी अस्पतालमा छ। झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि केही घण्टामै छाडेको थियो।

सांसद गुप्तालाई छोडेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताले ७ दिनदेखि धर्ना तथा आन्दोलनका कार्यक्रम गर्दै आएका थिए। 

चौरसियाको मृत्युपछि उनको परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि धर्ना र आन्दोलन जारी रहेको थियो।
 

प्रकाशित: Oct 29, 2020| 10:59 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।