सोमबार, भदौ १५, २०८३

झण्डै ३०० थान स्मार्ट लाइसेन्स धान खेतमा

जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालबाट करिब दुई सय मिटर पर धान खेतमा फालिएका ती लाइसेन्स धान काट्न गएका महिलाले फेला पारेका हुन्।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

जनकपुरधाम-  जनकपुरमा झण्डै ३०० थान नयाँ स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) धानखेतमा फालिएको अवस्थामा फेला परेको छ।

जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालबाट करिब दुई सय मिटर पर धान खेतमा फालिएका ती लाइसेन्स धान काट्न गएका महिलाले फेला पारेका हुन्। उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन्।

यातायात व्यवस्था विभाग काठमाडौंबाट तयार भएर वितरणका लागि जनकपुर पठाइएका लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।

लाइसेन्स फेला पारेकी एक कृषक महिलाले भनिन्, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको थियो, सबै जम्मा गरेर यातायातका कर्मचारीलाई दिएका छौं।’

 यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान जति भेटिएको जानकारी दिए।

साहले भने, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ । यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौं।’

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ। तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

प्रकाशित: Oct 29, 2020| 10:40 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।