सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको माग

भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत उत्तराखण्डको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत उत्तराखण्डको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्। 

‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ। नेपाल र भारत दुवै देशका विद्यार्थी एकापसको देशका विभिन्न सहरमा अध्यनरत छन्। जो जहाँ पढिरहेका छन् सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन, त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो,’ विज्ञप्तिमा भनिएको छ।

कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसले जनाएको छ। देहरादूनमा विजयादशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले माग गरेको छ। 

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि कांग्रेसले भनेको छ।

यसैबीच विद्यार्थी कुटिएको विद्यालयबाट दुई नेपाली विद्यार्थी सुदूरपश्चिम पश्चिम नाका गड्डाचौकी हुँदै कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन्। देहरादूनको शाक्य एकेडेमीमा अध्ययनरत दुई नेपाली विद्यार्थी सीमा नाका गड्डाचौकी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीलाई त्यहाँका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपिट गरेका खुलेको छ। विद्यार्थी कुटिएको विषयमा आफन्तले जानकारी गराएपछि घटना बाहिर आएको हो। बुधबार यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले परराष्ट्रमन्त्री र दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मेन्सन गरेर ट्विट गरेकी थिइन्।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक छानविन अघि बढिसकेको जानकारी दिएका थिए। भारतका लागि नेपाली राजदूत आचार्यले पनि घटनाबारे बुझ्ने काम भइरहेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: Oct 29, 2020| 08:53 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।