सोमबार, भदौ १५, २०८३

साढे २९ लाखसहित नेपालगञ्जमा १० जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज बसपार्कस्थित एक घरमा छापामा मारेर १० जना जुवाडेलाई पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज बसपार्कस्थित एक घरमा छापामा मारेर १० जना जुवाडेलाई पक्राउ गरेको छ।

स्थानीय कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको भन्ने सूचनापछि त्यहाँ पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट २९ लाख ४८ हजार रुपैयाँ र ८ गड्डी ताससमेत बरामद गरेको छ।

नेपालगञ्ज उप महानगरपालिका– ४ बसपार्कमा रहेको सुवेदीको घरमा जुवा तास खेल्ने काम भइरहेको भन्ने सूचनापछि राति जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट टोली खटिएको थियो।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका– ४ का सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्। उनीहरू विरुद्ध जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: Oct 29, 2020| 07:33 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।