सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हतियार र विस्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

हतियार र विस्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। 

पूर्वी कमाण्ड अन्तर्गतका कार्यकर्ताहरु बुधवार राति पक्राउ परेका हुन्। उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन्। 

उनीहरुको साथबाट प्रहरीले केही थान हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ। 

प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक, त्यसमा लाग्ने गोली, विस्फोटक पदार्थ जिलेटिन तीन किलो, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बरामद गरिएको एसपी खड्काले जानकारी दिए। 

प्रहरीले पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ। 
 

प्रकाशित: Oct 29, 2020| 05:53 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।