सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा तस्कर र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर

बारामा तस्कर र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर

बाराको सुवर्णपुर गाउँपालिकास्थित कवहीगोठमा प्रहरी र तस्करबीच झडप भएको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– बाराको सुवर्णपुर गाउँपालिकास्थित कवहीगोठमा प्रहरी र तस्करबीच झडप भएको छ। भारतबाट प्याज तस्करी गरेर ल्याउँदै गरेको समूह र प्रहरीबीच झडप भएको हो। 

झडपका क्रममा तीनजना प्रहरी र एक बालक घाइते भएका छन्। गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव गम्भीर घाइते छन्। उनको वीरगन्जमा उपचार भइरहेको छ। 

अन्य तीनजना प्रहरीको भने बाराको कलैयामा नै उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले तस्करी गरेर ल्याउन लागिएको प्याज बरामद गर्ने क्रममा प्रहरीमाथिीनै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए। उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर गरेको थियो। 

‘हामीले प्याज नियन्त्रणमा लिएपछि तस्करको समूहसहित गाउँलेहरु पनि आएर आक्रमण गरे,’ एसपी पंगेनीले भने,‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित: Oct 29, 2020| 05:38 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।