सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो एक सय करार कर्मचारी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो एक सय करार कर्मचारी

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकसय जना करार कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं- गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकसय जना करार कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत् नागरिकका विवरण संकलन गर्ने कार्यका लागि अभियान सञ्चालन हुने जिल्लाहरूमा काम गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना आह्वान गरेको हो। 

१३ कात्तिक देखि १५ दिनभित्र अनलाइन दरखास्त फारमभरी पेश गर्न सकिने छ। 

लिखित परीक्षा १३ मंसिरमा हुने विभागले निकालेको सूचनामा उल्लेख छ। परीक्षाको कार्यक्रम भने विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। आवेदन दस्तुर भने निःशुल्क भनिएको छ। 

दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। 

न्यूनतम शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा प्लस टु उतिर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा एकसय पूर्णाङ्कको कम्प्युटर विषय राखी उक्त तह उतिर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने जनाइएको छ। 

सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। काम गरेको दिनको मात्र दैनिक १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने जनाइएको छ। 

प्रकाशित: Oct 29, 2020| 05:23 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।