काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले न्याय माग्न कहाँ जाने ? भन्दै सरकारसँग प्रश्न गरेका छन्।
उनले मुलुकमा दण्डहीनताले सीमा नाघेको भन्दै मुलुकमा कानुनी राज्य कहाँ छ भन्दै प्रश्न समेत गरेका छन्।
पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्नका लागि प्रहरीलाई जाहेरी दिन खोज्दा जाहेरी नलिएको सन्दर्भमा कोइरालाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।
नेता कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘दण्डहिनताले सीमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। कहाँ छ कानूनी राज्य? जनता न्याय माग्न कहाँ जाने?