सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा एक हजार ६७८ कोरोनाका संक्रिय संक्रमित, सात हजार ५९५ जना निको भए

सुदूरपश्चिममा एक हजार ६७८ कोरोनाका संक्रिय संक्रमित, सात हजार ५९५ जना निको भए

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ६७८ पुगेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ६७८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८७०, डोटीमा १५६ कोरोनाका संक्रिय संक्रमित छन्।

यस्तै कञ्चनपुरमा ७६, बझाङमा १६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०, दार्चुलामा १८८ जना, बाजुरामा ६ र प्रदेश बाहिरका १९ जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा महाकाली अस्पतालबाट ४७ र बैतडीबाट ६ जना गरी ५३ जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिमबाट हाल सम्म सात हजार ५९५ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सुदूरपश्चिममा ८३० जनाको रिपोर्ट आउन बाँकी छ। 

प्रदेशमा हाल सम्म संक्रमितको संख्या नौ हजार २९४ पुगेको छ। प्रदेशमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Oct 29, 2020| 03:10 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।